कैलालीको टीकापुरबाट धनगढी तर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार बिहान पल्टँदा १४ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको चुहा ६ गुलरामा शुक्रबार बिहान साढे ८ बजेतिर से १ ख ५२८ नम्बको यात्रुवाहक बस सडकबाट तल खसेको हो।
दुर्घटनामा परेका घाइते १३ जनामध्ये सात जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। गाडीले 'ओभरटेक' गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरुमा बस चालक धनगढीका विजय परियार, गाडी साहु धनगढीकै जितेन्द्र चौधरी, टिकापुरका ओम प्रकाश मगर, हेमा मगर, मनोज मगर, दुर्गौली ९ का रामबहादुर विक, दरख ४ का श्रवण चौधरी, जोशीपुर २ का सुनिल चौधरी, टीकापुर ३ का पारस शाह, टीकापुर ब्लक नं. ३२ का भरत अधिकारी, टीकापुर ६ की सीमा चौधरी, टीकापुर ९ की कमला शाह, बसन्त शाह र टीकापुर ७ का राकेश हमाल रहेका छन्।
घाइतेमध्ये सवारी चालक विजय परियार, गाडी साहु जितेन्द्र चौधरी, टिकापुरका ओमप्रकाश मगर, दुर्गौली ९ का राम बहादुर विक, दरख ४ का श्रवण चौधरी, जोशीपुर २ का सुनिल चौधरी र टीकापुर ३ का पारस शाहको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि लगिएको छ।
Next
Newer Post
Previous
This is the last post.

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top