१२ फागुन, काठमाण्डौं (लुम्बिनी दर्पण) - प्रमुख दलका शीर्ष नेताहरुले भोलीसम्ममा राजनीतिक गतिरोध अन्त्य हुने दाबी गरेका छन् । नयाँ बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको शीर्ष दलको बैठकमा नेताहरुले छलफल जारी रहेकोले भोलीसम्ममा निकास निकाल्न आफुहरु प्रतिबद्ध रहेको जनाएका हुन् ।
बैठकले दलहरुबीच विवादका रुपमा रहेको कानुनी र संवैधानिक जटिलताका विषय मिलाउने जिम्मा पुनः कार्यदललाई नै दिने निर्णय गरेको छ । बैठक भोली फेरि बस्नेछ ।
कार्यदलबाट प्रस्तावित प्रस्तावलाई अन्तिम रुप दिनेबारे छलफल गरेका थिए । छलफलमा कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो ‘कार्यदलले आज दिनभर छलफल गरेर अन्तरिम सरकार लगायतका विषयमा सहमति गरेर खाका बनाउने र त्यसलाई अन्तिम रुप दिन भोली फेरि शीर्ष दलको बैठक बस्नेछ । भोली कै बैठकले निकास निकाल्ने छ ।’

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top