(लुम्बिनी दर्पण) - अमेरिकामा एक घरपालुवा कुकुरले आफ्नी मालिक्नीलाई लगातार ४५.८ सेकेण्ड किस गरेर किर्तिमान सहित उपाधि जितेको छ ।
प्रणय दिवसको उपलक्ष्यमा पोर्टल्याण्डमा भएको कुकुर चुम्बन प्रतियोगितामा १२ वर्षको बिउ नामको कुकुरले आफ्नी मालिकनी लिन्डा वाल्टनलाई लगातार ४५.८ सेकेण्ड चुम्बन गरी यो वर्षको च्याम्पियन बन्न सफल भएको हो ।
लगातार दोश्रो वर्ष च्याम्पियन बन्ने क्रममा योर्कीले गएको वर्षभन्दा कमजोर प्रदर्शन गरेपनि उपाधि उचाल्न भने सफल भयो ।
यस्तै मालिकनी केसी माउन्टेनलाई १६.८ सेकेण्ड चुम्बन गरेर सन्नी नामको कुकुर दोश्रो भयो भने डिजान्गोले तेश्रो स्थान प्राप्त गर्दा आफ्ना मालिकलाई ११.७ सेकेण्ड चुम्बन गर्‍यो । पहिलो हुने बिउले उपाधिसँगै ७५ डलरको पुरस्कार पायो ।

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top