काठमाडौंमा चलिरहेको मापसे अभियान धेरै पियक्कडहरुका लागी टाउको दुखाईको विषय हुनसक्छ । नखाउँ भने तलतल लाग्ने, खायो ट्राफिकले समान्ते ।
mapase
तर, अब उनीहरुका लागि झन ठूलो समस्या आउन सक्छ । अब बैज्ञानिकहरु यस्तो गाडी बनाउन जुटेका छन्, जुन पियक्कडहरुले हाँक्न सक्दैनन् । गाडीमा हुने टच र ब्रेथ बेस्ड सेन्सरले चालकको अवस्था पत्ता लगाउँछ । यदि मदिरा पिएको भए इन्जिन नै स्टार्ट हुन दिँदैन ।
अमेरिकी अनुसन्धानकर्चाहरु गाडीमा लगाउने यस्तो सेन्सर बनाउने क्रममा छ छन् । शोधकर्ता बड जूक भन्छन्-’हाम्रो उद्देश्य यस्तो सेन्सर बनाउने हो, ड्राइविङ सिटमा बसेका मानिसले लिग लिमिट ०.०८ भन्दा बढी पिएर त आएका छैनन् भने पत्ता लागोस् ।’
गाडीमा टच बेस्ड डिटेक्टर हुँदाको फाइदा स्टार्ट बटम थिच्नासाथ गाडीको इन्जिन स्टार्ट हुन्छ र एक छोटो इन्फ्रारेड लाइट तपाईको औलामा चम्किन्छ । यो लाइटले औलाको टिस्यूमा अल्कोहलको मात्रा देखाउँछन् । अल्कोहलको मात्रमा ०.०८ भन्दा बढी पाइए गाडी चल्दैन ।
यस्तै सासमा अल्कोहलको मात्र चेक गर्न स्टेयरिङ हृवीलमा सेन्सर हुन्छ । यद्यपी यो गाडी बजारमा आउन केही वर्ष लाग्न सक्ने छ ।- एजेन्सीको सहयोगमा

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

 
Top