आफ्नो हैसियत बढाउन तथा व्यक्तित्व विकाशमा मात्र चासो दिइरहने महिलाहरुको धेरै पुरुषसँग सम्बन्ध गाँसिने गरेको एक अध्ययनले निष्कर्ष निकालेको छ ।
बेलायतको इस्लामिक शरिया काउन्सिलका अनुसार करिअरमुखी मुस्लिम महिलाहरु बहु पुरुष सम्बन्धमा आबद्ध हुने गरेका छन् ।

परिषदका अनुसार हैसियत तथा जागिरमुखी महिलाहरुलाई दुइ तिन पटक बिहे गरिसकेको पुरुषकोमा सौता बन्न जाँदा समेत कुनै ग्लानी हुँदैन ।
करिअरमुखी महिलाहरुको पुरुषसँगको सम्बन्ध दिगो हुन नसक्ने, उनीहरु बढी असन्तोषी हुने र महत्वाकांक्षी हुने भएकाले नयाँ नयाँ पार्टनर खोज्नमा तल्लीन हुने गरेका परिषदको अध्ययनको निष्कर्ष छ ।
जागिरलाई बढी महत्व दिने केही महिलाहरुले उच्चकोटीको जागिरका लागि आफ्नो पतिलाई समेत लत्याउन तयार हुन्छन् । बेलायतमा पुरुषका लागि बहुविवाह गैरकानुनी भएपनि मुस्लिम परम्परा अनुसार निकाह गरी कुनैपनि पुरुषले ४ जना सम्म श्रीमती भित्राउन सक्छ ।
मुस्लिम विवाहका लमीको काम गर्ने ३५ वर्षका मिजान राजाका अनुसार उनलाई पछिल्लो ६ महिनामा सयौँ महिलाले विवाह गरिदिन आग्रह गरे । यसरी आग्रह गर्नेहरुमध्ये अधिकांसले आफु सौता बन्न जान इच्छुक रहेको बताएका थिए ।
उता अधिकांस मुस्लिम पुरुषहरु भने कुनै व्यवसायिक वा जागिरे महिलासँग बिहे गर्न खासै रुचि देखाउँदैनन् । आफुले बिहे गरेर ल्याएको श्रीमती पक्का गृहिणी होस् र घरभित्रै रहोस् भन्ने चाहना पुरुषहरुको हुन्छ । त्यसैले जागिरे मुस्लिम महिलाहरु दोश्रो श्रीमतीको रुपमा भित्रिन बढि इच्छुक हुन्छन् किनकी सौताले घर व्यवहार सम्हाल्ने हुनाले उनीहरु जागिर जान र बाहिर रमाइलो गर्न स्वतन्त्रता पाउँछन् ।

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

 
Top