सोनीले आफ्नो सबैभन्दा बढी बिक्री हुने उत्पादन ‘प्ले स्टेशन टू’ (पीएसटू) बन्द गरेको छ । पीएसटू एक प्रकारको ग्याजेट हो र बच्चाहरुमा एकदमै लोकपि्रय छ । यसमा विभिन्न प्रकारका खेल खेल्न सकिन्छ ।
सन् २००० मा सबैभन्दा पहिला जापानमा पीएसटू लन्च गरिएको थियो । त्यसपछि अहिलेसम्म करिब १५ करोड सेट बिक्री भइसकेकेको छ । पीएसटू यति लोकपि्रय भयो कि पीएसथ्री बजारमा आए पनि त्यसको कारोबार रोकिएन ।
सोनीले हाल जापानमा पीएसटूको बिक्री बन्द गरेको छ । यसको अर्थ पीएसटूका लागि नयाँ गेम नबनाउने भन्ने नभएको उसले बताएको छ । सन् २०१३ को मार्चमा नयाँ गेम सीकर्स अफ अडोलिनको विमोचन हुनेछ ।
जापानमा मनोरञ्जन र खेल वेबसाइट ‘फमितसू’ का अनुसार सोनीले जापानका खुद्रा विक्रेताहरुलाई अब कम्पनीले पीएसटू ग्याजेट उपलब्ध नगराउने बताइसकेको छ । यद्यपी सोनीले पीएसटू अन्य देशका लागि पनि बन्द गरिएको हो वा हैन भन्नेबारे अझै केही बनाएको छैन ।

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top