काठमाडौं, पुस २० - प्रधानमन्त्री डा बाबुराम भट्टराईले महिलामाथिको हिंसालाई न्यूनीकरण गर्न र घटनामा संलग्न दोषीहरूमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज अन्तर पार्टी महिला सञ्जाल र संयुक्त महिला सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री डा भट्टराईले कानुनको अभावमा महिला हिंसामा संलग्नहरूमाथि कारबाही गर्न अप्ठेरो भएको बताए ।

विद्यमान कानुनअनुसार दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको जानकारी पनि उनले गराए ।
'पछिल्ला दिन महिलासँग जोडिएका कुनै पनि आपराधिक घटनामा संलग्न अपराधीलाई कानुनअनुसार कारबाही गर्न सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,' सुरक्षा निकायलाई मैले आवश्यक निर्देशन दिइसकेको छु,' प्रधानमन्त्री डा भट्टराईले भने ।
बर्दियाको शिवा हासमीको हत्याका सम्बन्धमा परिवारका सदस्यलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको, बाराको बिन्दु ठाकुरको हत्यामा संलग्न ठानिएका उनका बाबुलाई नियन्त्रणमा लिइएको र अध्यागमनमा विदेशबाट काम गरेर फर्कीएकी भोजपुरकी युवतीलाई दुर्व्यवहार गर्ने सरकारी कर्मचारीलाई निलम्बनमा राखेर कारबाही गरिएको समेत प्रधानमन्त्रीले जानकारी दिए ।
यसैगरी अनामनगरमा हत्या गरिएकी सरस्वती सुवेदीको शवलाई पुनः परीक्षण गर्न उच्चस्तरीय समिति गठन गरिएको समेत प्रधानमन्त्रीले जानकारी दिए ।
अन्तर पार्टी महिला सञ्जाल र संयुक्त महिला सङ्घर्ष समितिले महिलामाथिको हिंसामा संलग्नलाई आजन्म कैदको व्यवस्था गर्न, अपराधीको सर्वस्वहरण गर्न र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए।
विद्यमान ऐन र नियममा आवश्यक संशोधन गर्न समेत दुवै संस्थाले माग गरेका थिए।
महिलामाथिको हिंसामा संलग्नलाई कारबाही गर्न फास्ट ट्रयाक कोर्ट गठन गर्नुपर्ने माग उनीहरुको छ। रासस

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

 
Top