ब्राजिलकी २० वर्षीया युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलरमा आफ्नो कुमारित्व बेचेर चर्चा कमाएको धेरै भएको छैन । अब ब्राजिलकै अर्की १८ वर्षीया युवतीले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छिन् ।
फुटबलबाट परिचित ब्राजिलका रेबेका बर्नार्डोले आमाको उपचारका लागि रकम जुटाउन भन्दै कुमारित्व बेच्ने घोषणा गरेकी हुन् । उनले आफ्नो भर्जिनिटी लिलामीको भिडियो यू ट्युवमा राखेकी छिन् ।
कुमारित्व बेचेर आएको रकम ओछ्यानमा परेकी आमाको उपचारमा खर्च गर्ने उनी बताउँछिन् । स्ट्रोककी विरामी उनकी आमा ओछ्यान परेकी छिन् । आमाको उपचारका लागि चाहिने खर्च जुटाउन अपनाएको सबै विकल्प असफल भएपछि यस्तो निर्णयमा पुगको उनी बताउँछिन् ।
खर्च जुटाउन उनले के मात्र गरिनन् ? उनले एक होटलमा वेटरको काम पनि गरिन् तर, त्यहाँको कमाईले उपचार गर्न पुगेन । समाचारमा जनाइएअनुसार उनलाई अहिलेसम्म ५५ हजार डलरको अफर आएको छ । तर, उनी धेरै रकम चाहन्छिन् । सायद यसैलाई भन्छन- जन्म दिने आमाप्रतिको दायित्व !- एजेन्सीको सहयोगमा
 http://www.youtube.com/watch?v=G4Is3_cbX3I&feature=player_embedded

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top