चित्तरञ्जन नेपाली
९७ अघि नै भेटघाट
सत्यमोहन र मेरो उमेर एक दशक अघि पछि छ । म
उहाँभन्दा ठीक एक दशक कान्छो हूँ । त्यैले म उहाँलाई सत्यमोहन दाइ भन्छु ।
एक दशक जेठो भएर पनि म भन्दा उहाँ निकै बलियो र सशक्त हुनु हुन्छ । उहाँ
भाषा साहित्य र संस्कृतिको प्रचार प्रसारमा निरन्तर रुपमा लागिरहनु भएको छ ।
पोहोर वेलायत पुगेर आउनु भयो, यसपालि अमेरिका पुगेर आउनु भो । उहाँ यो
उमेरमा पनि हिड्न सक्नु हुन्छ । यो तारिफयोग्य कुरा हो । यसपालि अमेरिका
गएर भर्खरै आउनु भो । त्यहाँ भाषा, संस्कृति र साहित्यको प्रचार गर्नुभयो ।
मेरो उहाँसँगको परिचय यति नै बेला भएको हो
भन्ने मिति नै त सम्झना छैन, तर चिनेको भने धेरै पहिले हो । उहाँ पाटनको
मानिस भए पनि काठमाडौँमा पढ्नु भएको हुनाले यतै भेटघाट भयो । उहाँ दरवार
हाइस्कुल पढ्नु हुन्थ्यो । मेरो ठुलो दाजु इन्द्र प्रसाद राजभण्डारी उहाँको
सहपाठी । घर घरमा भोज । १९९७ सालतिर दाजुको बिहे भयो । त्यही कार्यक्रममा
मेरो ब्रतबन्ध पनि भयो । सो क्रममा घरमा भोज भयो । त्यस भोजमा सत्यमोहन दाइ
आउनु भएको रहेछ । उहाँले त्यहीँ मलाई देख्नुभएको रहेछ । यो कुरा मलाई
हेक्का थिएन । उहाँले नै एक दिन स्मरण गराउनु भयो । उहाँले बताए पछि मात्र
मैले ब्रतबन्धमा हामीले कपाल खौरेका कुरा सम्झिएँ ।
उहाँसँगको साहित्यिक परिचयचाहिँ ००३
सालदेखि ००६ सालतिर हुन गयो । त्यति बेला म साहित्यप्रति निकै उत्साही थिएँ
। सो क्रममा मैले विजय, गोविन्द बहादुर मल्ल गोठाले र उहाँका भाइ विजय
मल्लसँग संगत बढाएको थिएँ । म केही वर्ष कान्छो भए पनि उहाँहरुको साथी भएको
थिएँ । शारदाको कारण पनि, नाताको कारण पनि म उहाँहरुसँग नजिक थिएँ । विजय
मेरो भिनाजुको …. पर्दथे । उमेरको हिसाबले गोविन्द म भन्दा आठ नौ वर्ष र
विजय छ सात वर्ष जेठा थिए । त्यतिखेरको साहित्यिक समूह वा गुटको कुरा गर्दा
गोपाल प्रसाद रिमाल, उनका काकाका छोरा कृष्ण प्रसाद रिमाल, गोविन्दबहादुर
मल्ल, विजय बहादुर मल्ल आदि एकै ठाउँमा थिए । बारम्बार भेटघाट भइरहन्थ्यो ।
त्यो २००४⁄००५ साल तिरको कुरा हो । ००५ मा बिजयले बौलाहा काजीको सपना नामक
नाटक लेख्नुभयोे । त्यतिखेर म शान्ति निकुञ्ज स्कुलमा थिएँ । त्यतिखेर
शान्ति निकुञ्ज स्कुलका शिक्षकहरु अलि राणा शासन बिरोधी स्कुलका रुपमा पनि
परिचित थियो । नाटक नयाँ खालको र राम्रो पनि थियो । त्यसलाई शान्ति
निकुञ्जमा देखाइने भयो । त्यो नाटक पनि त्यो बखतमा सामान्यतया देखाइनेखालको
नराखी भन्दा साँच्चै भिन्नै थियो । नाटकमा राणाको बिरोधमा प्रस्ट कुरा
नराखिएको भए पनि आर्थिक असमानताको बिरोध गरिएको थियो । एक खालको बिद्रोह
थियो नाटकमा । देखाउने क्रममा मैले त्यस नाटकमा भाग लिएको थिएँ । नाटकको
निर्देशन कृष्णप्रसाद रिमालले गर्नुभएको थियो । बौलाहा काजीको भूमिका मैले
गरेका थिएँ । नाटकको अन्तमा ‘एक जुगमा एक दिन’ गीत कोरस गीको रुपमा गाउने
गरेका थयौँ । त्यही बेलामा सत्यमोहन जोशी सँग भेट भइरहन्थ्यो । सत्यमोहन
दाइले पुरानो कुरा सम्झाउने सिलसिलामा मलाई रणमुक्तेश्वरबाट सिद्धचरणको घर
जाने बाटोमा हामी गणेशको मकै, भटमास, बदाम, चना, चिउरा आदि बेच्ने पसलमा
भेट्थ्यौँ है भन्नु भयो । हो, हामी विजयको साथी गणेशकोमा जम्मा भएर
राजनीति, साहित्यको गफ सुन्थ्यौँ, अलि अलि गथ्र्यौँ पनि । सत्यमोहनसँग अलि
बढी चिनाजान भएको, घनिष्ठता बढेको त्यही बेला हो । पसले गणेश चाहिँ लेखन
क्षेत्रमा लागेन ।
एकै वर्ष मदन पुरस्कार
सत्यमोहन दाइसँग राम्ररी संगत गरेको र
नजिक भएको चाहिँ मदन पुरस्कार प्राप्त गरेपछि हो । मदन पुरस्कार बि.सं.
२०१२ सालमा पुरस्कार स्थापना भई २०१३ सालदेखि प्रदान गर्ने घोषणा भयो ।
पुरस्कार चार चार हजार राशीको थियो, साहित्य, संस्कृति, विज्ञान र समाज
शास्त्र गरी चार विषयमा दिइने । २०१३ सालको पहिलो मदन पुरस्कार त्यही साल
घोषणा गरी ०१४ सालमा प्रदान गरियो । त्यतिबेला अहिलेजस्तो रकम धेरै नभए पनि
पैसाको महत्व धेरै थियो । पहिलो वर्षमा सत्यमोहन दाइ र म छानियौँ । साथमा
बलराम जोशी पनि छानिनु भयो । म त्यति बेला २५ वर्षको थिएँ । म समाज
शास्त्रमा, सत्यमोहन संस्कृतिमा, अंगुरबाबाको श्रीमान् बलराम जोशी भौतिक
शास्त्रमा । साहित्यमा त्यो वर्ष कसैलाई पनि पुरस्कार दिइएन । बलरामजी
अहिले बित्नुभयो । मलाई मेरो इतिहास सम्बन्धी कृति जनरल भीमसेन थापा का
लागि पुरस्कृत गरिएको थियो भने सत्यमोहन दाइलाई हाम्रो संस्कृति नामक
कृतिका लागि । समारोहमा तीन जना पुरस्कृतमध्ये बलरामजी नेपाल बाहिर,
बेलायतमा हुनुहुन्थ्यो । पछि सो पुरस्कार उहाँको आमालाई हस्तान्तरण गरियो ।
समारोहमा हामी दुई जना मात्रै सहभागी भयौँ । स्थापना वर्षको पुरस्कार
भएकाले त्यसको चर्चा पनि अलि बढी नै भयो । त्यसपछि भने सत्यमोहन दाइसँग
संगत बाक्लिदै गयो । आउने जाने क्रम चलिरह्यो । त्यो अहिले पनि छ । पछि
उहाँ अध्ययन अध्यापनका लागि चीन जानु भो । उहाँ सरकारी सेवामा हुनुहुन्थ्यो
। उहाँले जनसंख्यातिरको काम पनि गर्नु भो । उहाँ नेपाल बाहिर ज्ञान सीप
आर्जन गर्ने क्रममा जाने क्रममा न्युल्यिाण्ड जाने पहिलो नेपाली पनि हुनु
भयो । हामी दुईको बीचको सम्बन्ध प्रगाढ छ । म उहाँलाई सम्मान गर्छु ।
हाम्रो सम्बन्ध बढ्दो, यथावत र घनिष्ठ रुपमा कायम छ । मेरो सम्बन्ध र
घनिष्ठता भन्दा पनि उहाँको देन चाहिँ निकै राम्रो छ । त्यसको यथोचित
मूल्यांकन हुन आवश्यक छ ।
नेपाल भाषाको अनन्य सेवी
मलाई साहित्यिक क्षेत्रमा आउन प्ररणा दिने
धेरै छन् । इतिहासको क्षेत्रमा आउन प्रेरणा दिने, चाख जगाउने चाहिँ आफ्नै
पिताजी मेदिनीराज राजभण्डारी हो । उहाँ परराष्ट्रको जैसी कोठाको हाकिम
हुनुहुन्थ्यो । उहाँ ९० वर्षको उमेरमा बित्नु भो । त्यो अफिमा नेपालको
थुप्रै पुराना कागजातहरु थिए । उहाँले आफूले लेख्नु त भएन तर त्यसको महत्व
मलाई बताउनु भयो । उहाँ लेखकभन्दा पनि प्रशासक हुन रुचाउनुभयो । मैले पनि
त्यहाँ जागिर खाएँ । उहाँको ज्ञान थाहा पाएर इतिहास शिरोमणि बाबुरामजी
बारम्बार हाम्रो घरमा आउनु हुन्थो । पिताजी र उहाँको बीचमा इतिहासका विषयमा
गहन छलफल हुन्थ्यो । मेरो पनि त्यही कारण उहाँसँग संगत भयो । मैले घटना र
बाबुरामजीबाट प्रेरणा पाएँ । त्यो राजनीतिक प्रेरणा थियो, चेतनागत
प्रेरणाको पाटो थियो ।
साहित्यिक
क्षेत्र र सत्यमोहन सँगको कुरा गर्दा चाहिँ म उहाँलाई दुई वटा महत्वपूर्ण
सन्दर्भमा क्रियाशील व्यक्ति पाउँछु, संस्कृति र भाषाको उत्थानमा सक्रिय
व्यक्तित्व । सत्यमोहन नेपाली र नेपाली दुबै भाषामा सक्रिय देख्दछु । उहाँ
नेपालको संस्कृति संबर्द्धमा अत्यन्त सक्रिय हुनुहुन्छ, भाषिक उत्थानमा
अतिशय सक्रिय । उहाँ सिंगो नेपालको संस्कृति उत्थानमा सक्रिय हुनुहुन्छ ।
उहाँले कणर्ाली अंचलको अनुसन्धानबाट पनि मदन पुरस्कार पाउनु भएको छ भने
मुद्रा सम्बन्धी किताबबाट पनि सोही पुरस्कार पाउनु भएको छ । ३⁄३ पटक मदन
पुरस्कार पाउनु ख्या ख्यालको कुरा होइन ।
पहिला त भाषा सेवको कुरा गरौँ । नेपाल
भाषा उत्थान र विकासको कुरा गर्दा म ३ जनाको योगदान उल्लेख्य देख्दछु ।
प्रेम बहादुर कंसाकार, चित्तधर हृदय र सत्यमोहन जोशी । प्रेम बहादुर
कंसारकार सो क्रमका पहिलो व्यक्ति हुनुहुन्छ । निकै तेजस्वी हुनुहुन्थ्यो
उहाँ । उहाँ मेरो गुरु पनि हो, म चेला । घरमा गई दीक्षा लिएको छु मैले ।
उहाँ मलाई राजनैतिक साहित्यिक चेतना दिने व्यक्ति हो । उहाँ पहिले त
राजनीतिमा हुनु हुन्थ्यो । १९९७ सालमा सहिद काण्ड घटी टंकप्रसाद आचार्यहरु
जेलमा गएपछि प्रजापरिषद्को राणा बिरोधी राजनीति, चेतना प्रसारण र आन्दोलनको
निरन्तरता प्रेम बहादुर कंसारकारले नै गर्नु भएको थियो । उहाँ सबैको नेता
हुनुहुन्थ्यो । १९९७ साल पछिको राजनीतिक भ्याकुम पुर्न उहाँको योगदान
अपूरणीय छ । त्यतिबेला उहाँले राणा विरोधी काम गर्नका लागि २- ३ ग्रुप
संचालन गर्नु हुन्थ्यो । त्यसमा एकले अर्कालाई चिन्दैनथे । पुष्पलालको पनि
उहाँ नेता हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नर बहादुर
कर्माचार्य, राजाराम कर्माचार्य, सूर्यबहादुर भारव्दाज सबै उहाँका
कार्यकर्ता थिए । २००६ सालताका राष्ट्रिय कांग्रेस टुक्रियो । राजनीतिमा
क्रियाशील हुन उहाँलाई चित्त बुझेन । उहाँ पछि भाषा आन्दोलनमा सक्रिय हुनु
भयो । त्यसपछि उहाँ सांस्कृतिक, साहित्यिक तथा परोपकार आदि काम, स्वयम्
सेवा, स्कुल खडा गर्ने जस्ता काममा सक्रिय हुनु भयो । शान्ति निकुञ्ज
उहाँकै प्रेरणाले खोलिएको थियो । २००० साल अघि राजनीतिक चेतना फिँजाउन तथा
राजनीतिक नेतृत्वको रिक्तता पूरा गर्न योगदान गर्ने च्वसापासा नामक संस्था
कलकत्तामा स्थापना गर्नुभयो । उहाँ पहिला नेपाली भाषामा लेख्ने व्ीक्त भए
पनि पछि आजीवन नेपाल भाषा उत्थानमा समर्पित हुनु भयो । उहाँको योगदान
साहित्यमा भन्दा भाषा क्षेत्रमा बढी छ । राणा कालमै उहाँले पहिला उहाँले
प्रदिप्त पुस्तकालय स्थापना गर्नु भयो । त्यस बापत उहाँलाई सरकारले पक्राउ
गर्यो, थुन्यो । राणा शासनले त्यस पुस्तकालयलाई दमन गरी खतमै पार्यो ।
त्यसपछि उहाँले आशा सफुकुथी स्थापना गर्नु भयो । सफुको अर्थ पुस्तक हो,
कुथीको अर्थ संग्रहालय । आशा उहाँको पिताजीको नाम थियो । त्यस पुस्तकमा
मूलतः नेवारी भाषाको पुस्तकहरु जम्मा भए । अरु भाषाका अलिअलि । जापानीले
त्यस पुस्तकालयका लागि मद्दत गरे । रक्तकालीमा स्थापना गरिएको सो
पुस्तकालयमा क्रमिक रुपमा विदेशी सहयोग प्राप्त हुँदै गयो । पुस्तकालयमा
असंख्य हस्तलिखित सामग्री संकलन हुन थाल्यो । त्यसैमा उहाँलाई सरकाले
पक्रियो । खासमा त्यस्ता सामग्री पुरातत्वको सम्पत्ति हुन्थ्यो, उसको
अनुमतिपछि मात्र लिन चलाउन पाइन्थ्यो । ती सामग्री विदेश पठाउन लागेको आरोप
पनि लाग्यो । वास्तवमा त्यसो थिएन । पछि च्वसापासामा महत्वपूर्ण पुस्तक
हस्तान्तरण गरियो । केशर पुस्तकालयमा, अभिलेखालयमा पनि हस्तान्तरण भयो ।
उक्त पुस्तकालय साँच्चै महत्वपूर्ण पुस्तकालयको रुपमा स्थापित भयो ।
विदेशीहरु अध्ययन गर्न आउन थाले । उहाँले पि्रन्टेड कितावहरुको संकलन पनि
शुरु गर्नु भयो । ।
पाल भाषा वाङ्मयका दोस्रो उल्लेखनीय
व्यक्ति हो- चित्तधर हृदय । त्यो त योगदान भएका व्यक्ति अरु पनि छन् उहाँ
अलि विशिष्ट प्रतिबद्धता भएको व्यक्ति हुनु हुन्थ्यो । मेरो मूल्यांकनमा
उच्च दर्जाको उहाँ नेपाल भाषा सेवी हो । उहाँको गजबको विशेषता थियो- आफू
मात्र नलेख्ने, अरुलाई पनि लेखाउने । कर गर्ने, जिद्दी गर्ने प्रेस धाउने,
प्रुफ हेर्ने । उहाँलाई एक पटक नेवारी भाषामा अन्तराष्ट्रिय कथा अनुवाद
गराउने धुन चढ्यो । सोही बमोजिम अंग्रजी भाषा र साहित्यका विज्ञ तीर्थराज
तुलाधरलाई प्रस्ताव राख्नुभयो । तुलाधर मेरो साथी पनि हो । उहाँ कर्मचारी
भएकाले फुर्सद नहुनु स्वाभाविकै थियो । तुलाधरले लेख्नै सक्तिन भने पछि
चित्तधर चुप लाग्नु भयो । जब तुलाधरलाई पेप्टिक अल्सरले समाती विदा लिएर घर
बस्नु पर्यो चित्तधर हृदयले मौकाको फाइदा उठाइ हाल्नुभयो । उहाँले त्यही
बेलामा अनुवाद कार्य सक्नका लागि तपाइँ भन्दै जानोस् म लेख्दै जान्छु भनी
तयार गराउनु भयो । त्यस कार्यमा चित्तधर आफैँ खटिनु भयो । कामको सिलसिलामा
उहाँमा पटक्कै हिनताबोध छैन । तुलाधरलाई पेप्टिक असर भएको बेला रक्तकालीबाट
बिजेश्वरी गई प्रत्येक दिन उहाँले लेख्नु भयो । तीर्थराज भन्दै जाने, उहाँ
लेख्दै जाने । चित्तधरले त्यो काम गरेरै छाड्नु भयो । नयाँ पुराना सबैलाई
लेखाउने उहाँको अभियान साँच्चै अनुकरणीय थियो । मोतीरामलाई प्रेरणा दिने
हिन्दीका…. व्यक्ति जस्ता । नेपाल भाषाको साहित्यको विकासका लागि व्याकरण,
कविता, कथा, निबन्ध, महाकाव्य सबै विधामा उहाँले हात हाल्नुभयो । उहाँको
एउटा महाकाव्य मैले नेपालीमा अनुवाद पनि गरेको छु । तर त्यो उहाँको जीवन
कालमै गर्न सकिएन । निधनपछि भए पनि उहाँको उच्चतम महाकाव्य सुगत सौरभ जुन
बुद्धको जीवनीमा आधारित छ को पद्यानुवाद मैले गरेको । त्यसअघि तीर्थराजले
अंग्रेजीमा अनुवाद गर्नु भएको थियो । उहाँको योगदान व्यापक छ । आफैँ
लेख्ने, अरुलाई लेखाउने, लेख्न प्रेरणा दिने व्यक्ति सामान्य व्यक्ति हुनै
सक्तैन । उहाँले केही हिन्दीमा र केही चाहिँ नेपालीमा पनि लेख्नु भएको छ ।
तथापि उहाँमा सम्बधगत व्यापकता भने निकै नै थियो । केदारमान व्यथितव्दारा
आयोजित नेपाली साहित्य सम्मेलनका सबैजसो कार्यक्रममा उहाँ सहभागी
हुनुहुन्थ्यो । मदन पुरस्कार समारोहका सबै समारोहमा सरिक हुनुहुन्थ्यो ।
आफ्नो भाषा पछि पर्यो भनेर त्यसमा आफ्नो लेखन तथा क्रियाकलाप केन्दि्रत
गर्नु स्वाभाविकै हो ।
सत्यमोहन जोशी तेस्रो विशिष्ट व्यक्ति
हुनुहुन्छ नेपाल भाषा उत्थान गर्ने सवालमा । उहाँमा नेपाल भाषा साहित्यको
निम्ति समर्पित भाव छ । त्यो भाव कर्ममा देखिएको छ । नेपाली तथा नेपाल भाषा
दुवैमा दखल छ उहाँमा । उहाँले नेपाल भाषामा नाटक लगायतका विभिन्न विधामा
कृति रचना गर्नु भयो । कृतिको रचना भन्दा पनि भाषाको विकास र उत्थानका लागि
उहाँले अनेक संस्थाहरु खोली क्रियाशील बनाउनु भयो । भाषाको संस्थागत
विकासको प्रयत्न उहाँको उल्लेखनीय कार्य हो । अहिले पनि नेपाल भाषा
एकेडेमीको चान्सलरको रुपमा उहाँले योगदान गरिहनु भएको छ ।
उहाँ प्र्रज्ञा प्रतिष्ठानमा हुँदा नेपाली
रंगमञ्चमा सज्जा गरी गरी नाटक प्रदर्शन हुँदैनथ्यो । बालकृष्ण समले कालो
पर्दाको परम्परा विकसित गर्नु भएको कुरा नै चालू थियो । त्यसबेला
दार्जीलिङ्का नाट्य टालीका तर्फबाट मन बहादुर मुखियाको अनि देउराली रुन्छ
प्रदर्शित भयो । त्यो नाटक खुब चल्यो । त्यसमा सिनेमा जस्तो झिलिमलि
श्रृंगार गरिएको थियो । त्यही प्रविधिलाई टिपी त्यसपछि सत्य मोहन जोशीको
फर्केर हेर्दा मञ्चन भयो । रंगमञ्च सज्जा सोही शैलीमा गरियो । उहाँको नाटक
पनि राम्ररी नै चल्यो । उहाँले लेखनका साथै नेपाली रंगमञ्चमा प्रविधि समेत
भित्र्याउनुभयो ।
बिसाउनी
सत्यमोहन दाइले नेपालीमा त निकै चर्चित
कृतिहरु लेख्नु भयो, नेवारीमा पनि जयप्रकाश मल्ल, अरनिको, काव्य आदि लेख्नु
भो । अरनिकोको बारेमा महत्वपूर्ण अनुसन्धान नै गर्नु भयो । धेरै सांसकृतिक
संस्थाहरु खोल्नु भो । तीनमध्ये कति त पाटनमै छन् । नेपाल भाषा साहित्यको
सेवा चित्तधरले व्यक्तिगत रुपमा, पुरस्तकालय समाजसेवा आदि मार्फत कंसाकारले
गर्नुभयो भने सत्यमोहन दाइले अनेक संस्था खोली तिनको जीवन्त परिचालन
मार्फत गर्नु भयो । त्यसैकारण अहिले म संस्कृति भन्नासाथ सत्यमोहन
सम्भिmन्छु । २०४६ साल पछि नेपालका सबै भाषाले राष्ट्रिय भाषाको चिनारी
प्राप्त भएपछि हामीले जनस्तरमा नेपाल भाषा एकेडेमी खोल्यौँ । संस्थापनाको
बेला बैकुण्ठ लाकौल कुलपति हुनुभयो भने म उपकुलपति । सत्यमोहन दाइ सदस्य
हुनुहुन्थ्यो । हामीले केही मात्र काम गर्न सक्यौँ । चित्तधर हृदयको सुगत
सौरभको अंग्रेजी अनुवाद प्रकाशन गर्ने लगायतको काम त्यति बेलै गर्यौँ ।
लाकौल १०० वर्षमा बित्नु भयो । त्यसपछि सत्यमोहन दाइ एकेडेमीको कुलपति हुनु
भयो, आनसम्म पनि हनु हुन्छ । उहाँले भने एकेडेमीमा धेरै नै काम गर्नुभयो ।
१०-१५ वर्षको अवधिमा उहाँले आफ्नै अगुवाइमा जग्गा, भवन तथा संग्रहालय
लगायतको काममा अपूर्व सहयोग जुटाई त्यसलाई समृद्ध बनाउनुभयो । सो क्रममा
सत्यमोहन दाइले गोपाल राजभण्डारी तथा उहाँ मार्फत अन्य मित्रहरु समेतको
सहयोग प्राप्त गर्नु भयो । सामान्यतया अहिल पनि उहाँ हिँडेरै कीर्तिपुर
पुग्नु हुन्छ । युवाहरुलाई काममा गाइड गर्नु हुन्छ । कठोर मिहिनेत गर्नु
हुन्छ । सो एकेडेमीमा उहाँले अरनिकोको संग्रहालय स्थापना गर्नुभयो ।
संग्रहालयका लागि उहाँले आफ्नै व्यक्तिगत संकलन उपहार दिनु भएको छ । यो
उहाँको धेरै ठुलो योगदान हो । रुपियाँमा बेच्नु खोजेको भए चीन लगायतका
स्थानबाट आफूले ल्याएका ती कला लाखौँ करोडौँ मूल्यमा पनि बिक्न सक्थे ।
सत्यमोहनकै योगदान । भाषा पढाउन । पटक चीनमा । अरु पनि जानु भो । उहाँले
रिसर्च गर्नु भो । ऐतिहासिक पत्र, अरनिकोका बारेमा उहाँको अनुसन्धान तथा
पाप्त कला आदिले त्यस एकेडेमी निकै नै समृद्ध भएको मलाई लागेको छ । उहाँ
खासमा एक्टिभिस्ट हो, कहिल्यै नथाक्ने, सधैँ काममा लागिरहने । ३ पटक मदन
पुरस्कार त्यत्तिकै आउँदैन । आफूले लेखेर मात्र हुँदैन भन्ने पक्षमा हुनु
हुन्न उहाँ । उहाँ काममा टिम नै लाग्ने, लगाउने खालको हुनुहुन्छ ।
सम्प्रदायको अभ्युत्थान चाहे पनि उहाँमा साम्प्रदायिक भाव देखिदैन ।
ससाना कुरामा अन्तरनिहित महत्व देख्न
सक्ने खुवी पनि सत्यमोहन दाइमा छ । सरकारी सेवामा खासगरी जनगणनामा कार्यरत
हुँदा मातृभाषीको गणना गर्ने काम पनि उहाँले नै शुरु गर्नु भएको हो । उहाँ
छलफल गर्नु हुन्थ्योः बस्तीमा जनसंख्या बढिरहेको छ तर नेवारहरुको जनसंख्या
खासै बढेको देखिदैन । त्यसमा पनि नेवार भाषीको संख्या घटिरहेको छ । त्यसको
मुख्य कारण अन्य जतिसँग मिल्न गएको थर र यथोचित गणना नहुनु दुवै रहेको
विश्लेषण गर्नु हुनथ्यो उहाँ । यति मसिना कुरामा हत्पति अरुको ध्यान जाँदैन
। मसिनो कुरामा ध्यान पुर्याउने स्वभाव निकै उल्लेखनीय पक्ष हो ।
सानामा पछि बोली फुटेको भए पनि उहाँको
तिक्ष्णता र ज्ञान अलि बृहत् खालकै म पाउँछु । नेपाली साहित्य र संस्कृतिको
अलावा पश्चिमी साहित्यकार सेक्सपियर, शेली, किट्स आदिको बारेमा पनि
उहाँलाई राम्रै जानकारी छ । एकपटक लक्ष्मण राजवंशीको कथाको किताबको बारेमा
चर्चा गर्दा उहाँले मोपाँसाको प्रसंग झिकी राम्रै विश्लेषण गर्नु भयो ।
उहाँको अंग्रेजी पनि राम्रै खालको छ । त्यतिबेलाको पढाइको कारण पनि हो
अंग्रेजी सशक्त भएक्ो । त्यतिबेला संस्कृत पनि अंग्रेजीमा पढाइन्थ्यो ।
भन्न त उहाँ मलाई खास केही थाहा छैन भन्नु हुन्छ त्यो उहाँको भद्रता हो ।
उहाँ त म ब्याक बेञ्चर हुँ भन्नु हुन्छ, त्यो पनि भद्रता हो । जे काममा पनि
लाग्ने, त्यसमा साहित्य खोज्ने कुरा नै उहाँको खास विशेषता हो । नेपाल
भाषा साहित्यको कुरा गर्दा हामीलाई चिन्ता छ, उहाँ पछि त्यो ठाउँ कसले
लिन्छ ? निकै ठुलो भ्याकुम पैदा हुने स्थिति छ । एउटाको अभाव अर्कोले
पूर्ति नगरे पनि उहाँहरु टावरिङ फिगर जस्तो लाग्छ, संस्था जस्तो लाग्छ ।
उहाँमा बुद्ध दर्शनमा पनि गहिरो ज्ञान पाउँछु । म बुद्धिस्ट होइन, तर सुगत
सौरभ अनुवाद गरेँ । त्यस काममा मैले पारिभाषिक शब्दावली र सन्दर्भ बुझ्न
फणिन्द्ररत्न बज्राचार्य गुरु र सत्यमोहनसँग सहयोग दिएको थिएँ । नयाँ
पुस्तासँग हेलमेल पनि राम्रै छ उहाँको । बडप्पन छैन ।
(शुक्रबार प्रकाशित सत्यमोहन जोशी
विशेषांकको अंश । शब्दसंयोजन पत्रिकाले प्रकाशित गरेको पुस्तकमा जोशीका
जीवनी, व्यक्तित्व र उहाँका योगदानबारेका लेख, संस्मरण र अन्तवार्ता समावेश
छन् ।)