Latest

07:08 AM Lumbini on Photos

‘सञ्चार नै संसार’ भन्ने नाराका साथ बृहत् मोबाइल मेला अगामी माघ १० देखि १६ गतेसम्म सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा आयोजना हुने भएको छ ।
नेपाल मोबाइल व्यवसायी सङ्घद्वारा आयोजित मेलामा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादित २५ भन्दा बढी कम्पनीका मोबाइल टेलिफोन राखिनेछन् । मेलामा न्यूनतम रु एक हजारदेखि एक लाखसम्मका मोबाइल राखिने आयोजक पक्षले जनाएको छ ।
सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेतले विश्व बजारमा आएका पछिल्लो संस्करणका मोबाइल एकै स्थानमा सर्वसुलभ रुपमा उपभोक्ताले पाऊन् भन्नाका लागि मेेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । मेलाका अवसरमा सातदेखि ६० प्रतिशत छुटको व्यवस्था मिलाइएको बताइएको छ ।
04 Jan 2013

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top