Latest

07:08 AM Lumbini on Photos

सन्नीभेल, (क्यालिफोर्निया), पुस १५ (लुम्बिनी दर्पण)- क्यालिफोर्निया सन्नीभेल क्षेत्रमा रहेका नेपालीहरुले नेपाल र बाहिर आपत विपद्‍मा परेका नेपालीको सहयोगको लागि अभियान सुरु गरेका छन्। ६ वर्षअघि स्थापना भएका 'सन्नी सगरमाथा समाज' ले नेपाल र अरु देशमा विपद्‍मा परेकाहरुका लागि सहयोग कोष स्थापना गर्ने तयारी थालेको हो।
'जहाँ भए पनि सक्नेले नसक्नेलाई सहयोग गर्ने र आपसी भातृत्व विकास गर्नेगरी यो अभियान हामीले क्यालिफोर्नियाबाट थालनी गरेका हौं,' सन्नी सगरमाथाको तेस्रो वार्षिक साधारण सभामा अध्यक्ष इश्वर सापकोटाले भने।
स्थापनादेखि अहिलेसम्म नेपाली संस्कृति, परम्पराको प्रवर्द्धनमा सकृय यो संस्थाले नेपालबाट आएकाहरुको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष एक दर्जनका हाराहारीमा कार्यक्रमहरु गर्दै आएको छ। साधारण सभामा महासचिव बासुदेब बास्कोटाले गत वर्ष संस्थाले गरेका क्यालिफोर्नियाको 'बे-एरिया' मा गरेका कार्यक्रमका बारेमा चर्चा गरेका थिए।
उनका अनुसार नेपाली नयाँ वर्ष, तिज, दसैं-तिहारजस्ता पर्वबारे नयाँ पुस्तालाई जानकारी दिने र एकै ठाउँमा बसेर मनाउने, नेपाली फुटबल टिम तयार गर्ने, नेपालीहरुको क्षमता बढाउन तालिम, सीपहरु दिने जस्ता काममा समाजले कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपालीहरुले देशको ऊर्जा क्षेत्र, सूचना प्रविधिको आउटसोर्सिङको क्षेत्रमा लगानी गर्ने चासो देखाएका छन्। तर स्थिर सरकार र राजनीति नभएकोले उनीहरु अगाडि बढ्न हिचकिचाई रहेका छन्।
साधारण सभाले आउँदो दुई वर्षका लागि हरिहर दाहालको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन गरेका छ। समाजको उपाध्यक्षमा बासुदेब बास्कोटा, महासचिवमा भरतराज शर्मा, सहसचिवमा डिल्लीराज भुषाल र कोषाध्यक्षमा बलराम पाण्डे निर्वाचित भएका छन्। सदस्यहरुमा बसन्त पाण्डे, मीना श्रेष्ठ, कमला भट्टराई, पुरुषात्तम अधिकारी, भक्तराज बस्नेत, राजकृष्ण गौतम, विनोदराज प्रधान, रामचन्द्र भट्टराई, नारायण खनाल र खगेन्द्र सुवेदी चयन भएका छन्।
क्यालिफोर्नियाको क्षेत्रमा करिब २५ हजार नेपालीहरु रहेको जनसम्पर्क समिति क्यालिफोर्नियाका पूर्ब अध्यक्ष विनोद भट्टले बताए।
04 Jan 2013

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top