Latest

07:08 AM Lumbini on Photos


सिड्नी, पुस २० (एएफपी)- लाहिरु थिरिमाने र कप्तान माहेला जयाबर्द्धने सतक बनाउन चुक्दा चोटले पिरोलिएको श्रीलंका तेस्रो तथा अन्तिम टेस्टमा २ सय ९४ रनमा समेटिएको छ। पहिलो दुई टेस्ट जितेर अस्ट्रेलियाले शृंखला कब्जा गरिसकेको छ। श्रीलंका अस्ट्रेलियाली भूमिमा १३औं प्रयासमा पहिलो टेस्ट विजयको खोजीमा छ।
कुमार सांगाकारा घाइते भएपछि मात्र यसै हप्ता अस्ट्रेलिया आएका थिरिमानेले पहिलो टेस्ट सतक हान्ने गुमाए। जयाबर्द्धनेले तीन वर्ष भन्दा बढी भुमि लगाएर विदेशी भुमिमा पहिलो टेस्ट अर्धसतक बनाए पनि उनी ७२ रनमा आउट भए।
ज्याकसन बर्डले १९.४ ओभरमा ४१ रन खर्चेर ४ तथा मिचेल स्टार्कले ३ विकेट लिएपछि पहिलो दिनको खेल समाप्त हुनु केही अगाडी भ्रमणकारी टोली अलआउट भयो। अस्ट्रेलियामा आएपछि केवल एक सत्रमात्र नेटमा अभ्यास गर्न पाएका थिरिमानेले टेस्टमा आफ्नो उच्च स्कोर बनाए। उनी ९१ रनमा आउट भए। १ सय ५१ बल खेलेका थिरिमाने नाथन लायनको फुल टस बलमा आउट भए। १३ चौका र १ छक्का प्रहार गरेका उनलाई कभर प्वाइन्टमा डेविड वार्नरले सानदार क्याच गरे।
'म निकै निराश छु किन भने टेस्टमा लामो समयको ब्रेकपछि यो मेरा लागि राम्रो अवसर थियो। तर मलाई लाग्छ मैले निकै राम्रो खेले, त्यसैले म मेरो प्रदर्शन देखि निकै सन्तुष्ट छु,' थिरिमानेले भने।
श्रीलंकाबाट तिलकरत्ने दिलशान ३४, थिलान समराविरा १२, एन्जेलो म्याथ्युज १५ र दीनेश चन्डिमाल २४ रन बनाई आउट भए। अस्ट्रेलियाबाट बर्ड र स्टार्क बाहेक पिटर सिडेलले २ विकेट लिए।
04 Jan 2013

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top