काठमाडौं, पुस २० - वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट खटिएको
बजार अनुगमन टोलीले आज काठमाडौँको दरबारमार्गस्थित केएफसी रेस्टुराँमा
अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका वस्तु फेला परेको जनाएको छ।
टोलीले म्याद नाघेको रोगिनी ग्रेभी एक केजीको प्याकेट कच्चापदार्थ गोदाममा फेला पारी नष्ट गर्नाका साथै उपभोग नगर्ने सङ्केत गरिराखिएको भेनेला कुकिज पाँच प्याकेट र चकलेट कज १२ प्याकेट नष्ट गरेको छ।
यस अतिरिक्त प्रयोग गर्न नहुने अन्य कच्चा खाद्यवस्तुहरु सबै नष्ट गरी सात दिनभित्र विभागलाई जानकारी दिन र अब आइन्दा म्याद नाघेका कच्चा खाद्य वस्तुहरु अलग्गै राखी नष्ट गर्दै जानसमेत निर्देशन दिइएको अनुगमन टोलीका संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए । रासस

0 comments:
Post a Comment
Feel free to comment your important views over here.
Click to see the code!
To insert emoticon you must added at least one space before the code.