विज्ञान अधिकारी, काठमाडौं, पुस २० - नेकपा-माओवादीका कार्यकर्ताले
राजधानीको तिनकुनेमा रहेको डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड तोडफोड गरेका छन् ।
तिनकुनेस्थित कर्पोरेट टावरको सातौं तलामा रहेको लिमिटेडको कार्यलयमा आज
बिहान करिव ११ बजेतिर आएका १० जनाको समूहले कार्यलय तोडफोड गरेका हुन् ।
नेकपा-माओवादीले आउँदो पुस २६ गते देखि हुन लागेको महाधिवेशनको लागि लसमटेडसँग २५ लाख रुपैयाँ चन्दा मागेको थियो । तर लिमिटेडले चन्दा नदिएपछि कार्यालय तोडफोड गरिएको लिमिटेडका प्रमुख कार्यकारी (सिइओ) सन्तोष प्रधानले बताए ।
तोडफोड गरेर उनीहरुले रिसेप्सनको डेस्क, टेबल, मुख्य ढोका, ८ वटा कम्प्युटर, ९ वटा ढोकामा क्षति पुर्एडका छन् । सिइओ प्रधानका अनुसार लिमिटेडको १५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

0 comments:
Post a Comment
Feel free to comment your important views over here.