Latest

07:08 AM Lumbini on Photos

ऋषि आचार्य, मेलवर्न, पुस ४ -अष्ट्रेलियको मेलवर्नमा रहेको नेपाली समुदायको सेवा र विकासमा योगदान गरेको भन्दै भिक्टोरिया सरकारले सुधिर शाक्यलाई सम्मन गरेको छ। डिसेम्वर १८ मंगलबार भिक्टोरिया राज्यका गभर्नर एलेक्स चेर्नोभले " भिक्टोरियन मल्टिकल्चर अवार्ड फर एक्सिलेन्स"बाट शाक्यलाई सम्मन गरेको हो। उक्त अवसरमा भिक्टोरिया राज्यका प्रिमियर टेड बाइलेउ, नेपाली महाबाणिज्यदुत चन्द्र योञ्जन, नप्लीज एसोसिएन अफ भिक्टोरियाका अध्यक्ष बम योञ्जन, सल्लाहकार रञ्जन बैद्य र सचिव बिजया बुढाथोकी उपस्थित भएका थिए।
नप्लीज एसोसिएन अफ भिक्टोरीया (न्याभ) को कार्यसमिति सदस्यको रुपमा समुदायको सेवामा सक्रिय भएका शाक्यले एक दशक लामो अवधिदेखि नेपाली समुदायको सेवा गर्दै आएका छन्। दशै तिहार कार्यक्रम, नयाँ वर्ष शुभकामना कार्यक्रम, बाल दिवस का साथै सन् २००८ र २०१० मा मेलवर्नको मुटू फेडरेसन स्वायरमा आयोजना भएको नेपाल फेष्टीभल सफर पार्नमा पनि शक्यले महत्वपूर्ण भूमिका खेलेका थिए। साथै मेलवर्न चौतारी रेडियो कार्यक्रम र नेपाली भाषा पाठशाला स्थापना गर्न उनको योगदान रहेको छ।
यो सम्मनले भिक्टोरीया राज्यको बहुसास्किृतिक समाजमा नेपाली समुदायलाई पनि पहिचान मिलेको शाक्यको प्रतिक्रिया थियो। भिक्टोरीयामा राज्यको तर्फबाट सम्मन पाउने पहिलो नेपाली भएकोमा आफूलाई गर्व लागेको शाक्यको भनाई रहेको थियो। शाक्यले भने "यो सम्मानले निस्वार्थ भएर समुदायको सेवामा गरेको कामको दिन कदर हुने कुरा पुष्टी गरेको छ।"
नेपालको पाटन मंगलबजारमा जन्मिएका शाक्य १६ वर्ष अघि विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए। उनीले बजार विष्लेशकको रुपमा मेलवर्नमा निजी ब्यवसाय संचालन गरिरहेका छन्।
04 Jan 2013

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top