दक्षिण कोरियाली कम्पनी एल जी ले ५५
इन्चको टेलिभिजन बजारमा ल्याउने भएको छ । अत्याधुनिक ओएलइडी अर्थात्
अर्गानिक लाइट इमिटिङ डायोड स्त्रिmन भएको यो टेलिभिजन फेब्रुअरी महिनामा
बजारमा ल्याउने तयारी एलजीको रहेको छ । आफ्नो प्रतिस्पर्धी कम्पनी
सामसुङलाई टक्कर दिने गरी एल जी ले यो अत्याधुनिक टेलिभिजनको अर्डर लिन
सुरु गरिसकेको छ ।
एल जी र सामसुङ दुबैले एक वर्ष अघि नै ५५
इन्चको ओलइडी टिभीको मोडेल सार्वजनिक गरिसकेका भएपनि अहिलेसम्म दुबैले
त्यसलाई बजारमा ल्याउन सकेका छैनन् । बजारमा रहेका आधुनिक एलसिडी
स्त्रिmनका टेलिभिजन भन्दा नयाा पुस्ताको ओएलइडी टिभी एलसिडी टिभी भन्दा ५
गुणा महंगो समेत हुनेछ ।
ओएलइडी प्रविधि विद्युतिय प्रविधिको
भविष्य मानिएको छ, जसले टेलिभिजन, कम्प्युटर, ट्याब्लेट तथा स्मार्टफोन
प्रयोगकर्तालाई नयाा अनुभव दिलाउने विश्वास लिइएको छ । ओएलइडी प्रविधिका
विद्युतिय उपकरण उर्जामैत्री हुने र कम उर्जा खपत गर्ने बताइएको छ ।
विश्वको दोश्रो ठूलो टिभी निर्माता एल जी
ले फेब्रुअरीको पहिलो हप्तादेखि नै यो ५५ इन्चको ओएलइडी टिभी दक्षिण
कोरियाली उपभोक्ताको लागि उपलब्ध हुने र यो वर्षको पहिलो त्रैमासिक भित्रमा
अमेरिका, युरोप तथा एसियाका अरु बजारमा उपलब्ध हुने बताइएको छ ।
0 comments:
Post a Comment
Feel free to comment your important views over here.