सोल, पुस २० (एपी)- उत्तर कोरियाका स्ट्राइकर जोङ ताइ-शे जर्मनीको क्लब
एफसी कोलोग्न छोडेर छिमेकी दक्षिण कोरियाको टोलीबाट खेल्ने भएका
छन्। दक्षिण कोरियाली के-लिग टोली सुवोन सामसुङ ब्लुविंग्सले बिहीबार
जनाएअनुसार जोङका लागि कोलोग्नलाई ३ लाख युरो तिर्ने तयारी भइरहेको छ।
तथापि ब्लुविंग्सले २७ वर्षे फरवार्डलाई दिने पारिश्रमिक भने खुलाएको छैन।
ब्लुविंग्सका अधिकारी ली हो सेयुङले धेरै महिनादेखिको निरन्तर छलफलपछि
जोङको सरुवा सहमति भएको बताए।
जोङ दक्षिण कोरियाको के-लिग खेल्ने चौथो उत्तर कोरियाली खेलाडी हुनेछन्। जापानमा जन्मे-हुर्केका उनले उत्तर कोरियाली पासपोर्ट बोकेका छन्। उनले २०१० को विश्वकपमा उत्तर कोरियाली टोलीबाट खेलेका थिए। उनले जापानकै कावाशाकी फ्रोन्टालेबाट २००६ मा व्यावसायिक करियर सुरु गरेका थिए। २०१० मा जर्मनीको दोस्रो श्रेणीको टोली भिएफएल बुचुम प्रस्थान गरेका उनी गत वर्षदेखि कोलोग्नसँग आबद्ध छन्।

0 comments:
Post a Comment
Feel free to comment your important views over here.
Click to see the code!
To insert emoticon you must added at least one space before the code.