Latest

07:08 AM Lumbini on Photos

सन्तोष सिंह, सर्लाही, पुस २१- रौतहट प्रहरीले श्रीमतीलाई यातना दिने श्रीमान र ससुरालाई सार्वजनिक अपराधको मुद्दा थालेको छ। श्रीमतीले यातना दिएको उजुरीको अधारमा महिला हिंसा र सार्वजनि अपराधको मुद्दा जिल्ला प्रहरी कार्यालय रौतहटले थालेको हो।
रौतहट डुमरिया-८ की विभा देवीले दिएको उजुरीको अधारमा उनका श्रीमान सुरेश प्रसाद गुप्ता र ससुरा सोनेलाल गुप्तालाई पक्राउ गरी कारबाही थालिएको प्रहरी निरीक्षक हरिनारायण चौधरीले बताए। यता गौर-७ की जोखनी देवीले दिएको उजुरीको अधारमा उनका श्रीमान वीरेन्द्र सहनीलाई पक्राउ गरी कारबाही थालेको उनले बताए। तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गराई महिला हिंसा र सार्वजनिक अपराधको मुद्दा चलाइको चौधरीले जानकारी दिए। दुवै जनाले शारीरिक, मांसिक र आर्थिक यातनन दिएको भन्दै उजुरी प्रहरी कार्यालयमा दिए पछि तत्कालै पक्रउ गरी कारवाहि सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहट धरमपुर-६ घर भई हाल डुमरिया-८ नयाबस्ती बस्दै आएका सुरेश प्रसाद गुप्ता दाइजोको न्युहुमा यातना दिँदै आएको बिभले उजुरीमा जनाएको छ। कपडाको व्यापार गर्दै आएका गुप्ताले विवाहको बेला डेढ लाख रुपैयाँ नगद र सुनचाँदी दाइजो लिएका थिए। विवाहको तीन महिनापछि पुनःमाइतीसँग थप दाइजो मागेको बिमाले जनाएको छ। श्रीमान, ससुरा, सासु सिया देवी साह र जेठाजु सन्तोष साह तथा जेठानी मञ्जु देवीले दिएको यातनाका कारण २०६२ सालमा गर्भ नै खेर गएको उजुरीमा जनाएको छ। माइती पक्षलाई गुहारेको र स्थानीय समाजका भद्रभलादमीले सहमति गराएर पुनः परिवारमा फर्काए पनि यातन रोकिएको छैन, उजुरीमा भनिएको छ- 'सहमतिपछि सुरेशसँगै बस्दै आएँ र दुई छोरी जन्मिए। तर यातना कम भएन। यातना सहन नसकेर माइती सर्लाहीको वयलवास बस्न थाले।'

यता गौर-७ बस्ने श्रीमान वीरेन्द्र सहनी र ससुरा दशरथ सहनी विरुद्ध कुटपिट तथा शारिरीक र मानसीक यातना दिएको भन्दै जोखनी देवीले प्रहरीमा उजुरी दिएकी छिन। श्रीमानले अर्को विवाह गरेर कान्छि श्रीमतीको रुपमा नगिना देवीलाई भित्रयाएपछि श्रीमान र ससुरा मिलेर विभिन्न यातना दिदै घरबाट निकालेको भन्दै उनले उजुरी दिएको हो। घरमा पटक पटक यातना नदिने सहमती भए पनि कार्यान्वयन नभएको र आफूले पटक पटक यातना भोग्दै आएको उजुरीमा जनाइएको छ।

उजुरी परेपछि प्रहरीले विभाको श्रीमान र ससुरा तथा जोखनीको श्रीमानलाई बुधबार पक्राउ गरी बिहीबार अदालतबाट म्याद थप गराइ कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। विभाले प्रहरी कार्यालयमा उजुरी दिएको थाहा पाएपछि सुरेश फरार भएका थिए। प्रहरीले पाँच दिनपछि आफन्तको घरबाट पक्राउ गरेको जनाइएको छ।
04 Jan 2013

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top