Latest

07:08 AM Lumbini on Photos


काठमाडौं, पुस २० (लुम्बिनी दर्पण)- तीन मुख्य खेलाडीबिना उत्रेको त्रिभुवन आर्मी क्लबसँग अंक बाँडेपछि लिगको शीर्ष टोली थ्री स्टारले निकट प्रतिद्वन्द्वी एनएमबी मछिन्द्रसँग अंक दूरी बढाउने अवसर गुमाएको छ।
उच्च गोलकर्ता सूचीमा ९ गोलसहित दोस्रोमा रहेका भरत खवाससहित युद्ध शाही र नवयुग श्रेष्ठ प्रतिबन्धका कारण खेल्न नपाए पनि थ्री स्टारले त्यसको फाइदा लिन सकेन। भरत तेस्रो पहेँलो कार्ड तथा नवयुग र युद्ध म्याकडोवेल्स आरसिटीविरुद्धको अघिल्लो खेलमा हात हालेका कारण प्रतिबन्धमा थिए। नवयुग र युद्धले अझै दुई खेल गुमाउने छन्।
पहिलो खेलमा सिमि्रक सरस्वतीसँग २-१ को झट्का बेहोरेपछि अपराजित थ्री स्टारले बिहीबार आर्मीसँग गोलरहित बराबरी खेलेपछि मछिन्द्रसँग अंक दूरी ३ मा सीमित भएको छ। लिगमा दोस्रो बराबरीपछि शीर्ष स्थानमा यथावत् थ्री स्टारसँग २६ अंक छ। पाँचौं स्थानको आर्मीको १८ अंक पुगेको छ।
थ्री स्टारले बराबरी खेल्दा उपाधि दौडका मछिन्द्र, लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, आरसिटीलाई फाइदा पुगेको छ। एक खेल कम खेलेको मछिन्द्रले शनिबार सरस्वतीलाई हराए थ्री स्टारसँग अंक बराबरी गर्नेछ।
आर्मीका प्रशिक्षक योगम्बर सुवालको भनाइमा बराबरी खेल्ने लक्ष्यमा उनको टोली सफल भएको छ। 'मुख्य तीन खेलाडी नै थिएनन्। त्यसैले हामी बराबरीको लक्ष्यमा थियौं,' उनले भने, 'त्यसमा सफल भयौं।'
प्रशिक्षक सुवालले अंकमा ठूलो अन्तर नभएकाले लिग जित्ने टोली अनुमान गर्न अझै कठिन हुने बताए। '८-९ चरणपछि प्रस्ट होला भन्ने थियो। तर ११ चरणमा पनि प्रस्ट हुन सकेन,' उनले भने, 'अहिल्यै भन्न सकिने अवस्था छैन। सम्भावना हाम्रो पनि बाँकी छ। जे पनि हुनसक्छ।'
दुईपटक आर्मीको पोस्टमा धावा बोलेको थ्री स्टार खेलभर दबाबमा रह्यो। ४५औं मिनेटमा भिक्टोरले पेनाल्टी बक्सबाट प्रहार गरेको बल क्रसबारको थोरै माथिबाट बाहिरियो। उनैले ५५औं मिनेटमा दिएको क्रसमा विजय गुरुङको हेड गर्दा बल पोस्टको थोरै माथिबाट गयो।
आर्मीले खेल नियन्त्रण जमाउनका बाबजुद गोलको खाता खोल्न सकेन। ३३औं मिनेटमा विश्ववैराग समालको फ्रिकिकमा रामकुमार विश्वासको हेड गोललाई सहायक रेफ्री रोजन श्रेष्ठले अफसाइड लिएका थिए।
थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईंले आर्मीले उत्कृष्ट फुटबल खेलेको स्वीकार्दै भने, 'जितका लागि आएका थियौं। तर हामीले भन्दा आर्मीले राम्रो खेल्यो। हामी रणनीतिअनुरुप प्रदर्शन गर्न चुक्यौं। यो बराबरीले घाटा पर्न सक्छ।'
ललितपुर डर्बीमा फ्रेन्ड्सको बाजी
अर्को खेलमा विजय यात्रा जारी राख्दै एनआइबिएल फ्रेन्ड्स क्लब 'ललितपुर डर्बी' मा सामसुङ जावलाखेल युथलाई ३-०ले रोकेर ११औंबाट नवौं स्थानमा उक्लेको छ। लिगमा सबैभन्दा बढी ६ खेलमा बराबरी खेलेको फ्रेन्ड्सको अपराजित खेलसंख्या ८ पुगेको छ। ११ खेलपछि फ्रेन्ड्सको १५ अंक पुगेको छ भने १०औं स्थानको जावलाखेलसँग १४ अंक छ।
लगातार दोस्रो जित पाएको फ्रेन्ड्सका तीन गोल पछिल्लो आधा घन्टामा सम्भव भयो। जावलाखेलका स्टेफन इरिकको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लियो। फ्रेन्ड्सका डोडोजको प्रहारमा आएको बल इरिकले रोक्दा आफ्नै पोष्टमा गोल भयो। ६८औं मिनेटमा प्रकाश बुढाथोकीले गोलअन्तर दोब्बर पारे। पेनाल्टी बक्सभित्रबाट प्रकाशले प्रहार गरेको बल पोस्टको भित्री भागमा लागेर गोलमा परिणत भयो। खेलको अन्त्यतिर प्रकाशको सट्टा मैदानमा छिरेका विष्णु केसीले पनि गोल गर्न भ्याए। उनले गोल गर्दा इन्जुरीको अन्तिम (चौथो) मिनेट चलिरहेको थियो। जगजित श्रेष्ठको कर्नरलाई दुधराज भट्टराईले हेड गरे, त्यसलाई गोलरक्षक सनम फ्रेल्यान्डले फर्काउँदा विष्णुले गोल सफल भए। टोलीबाट विष्णु सबैभन्दा बढी ३ गोल गर्ने खेलाडी हुन्।
पहिलो हाफमै गोलका केही अवसर गुमाएको फ्रेन्ड्सविरुद्ध जावलाखेलको प्रदर्शन फिका रह्यो। केही आक्रमण पनि सफल भएनन्। जग्गुनाथ खड्काले ४१औं मिनेटमा फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्कियो भने ५३औं मिनेटमा प्रविण कार्कीको प्रहार पोस्ट नजिकबाट गयो।
आफ्नो रणनीति असफल भएको स्वीकार्दै जावलाखेलका प्रशिक्षक किशोर केसीले भने, 'फ्रेन्ड्सका केही खेलाडी आवेशमा आऊलान र त्यसको फाइदा लिन सकिन्छ भन्ने अपेक्षा गरेको थिएँ। त्यस्तो केही भएन। अर्कोतर्फ हाम्रा दुई फरवार्ड चल्न सकेनन्।'
केसीसँग सहमति जनाउँदै फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले अझै रेलिगेसन टरिनसकेको बताए।
लिगमा शुक्रबार
बाँसबारीविरुद्ध मनाङ (१२:३० बजे)
बौद्धविरुद्ध मध्यपुर (२:३० बजे)
04 Jan 2013

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top