Latest

07:08 AM Lumbini on Photos

काठमाडौं, पुस २१- राष्ट्रपतिले राजनीतिक सहमतिका नाममा अन्तरिम संविधानको धारा ३८(९) बमोजिम वर्तमान प्रधानमन्त्रीको संवैधानिक अधिकारमाथि आघात पुर्‍याएको भन्दै रिट जारी गर्न दायर निवेदनमा आज सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा जारी गरेको सो आदेशमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पनि भनिएको छ। मोरङ जिल्ला निवासी डिल्लीराम गुरागार्इं र चितवन निवासी लक्ष्मी सुवेदीले संयुक्तरूपमा मङ्गलबार दायर गर्नुभएको सो निवेदनमा संविधानको धारा ३८(१) बमोजिम सहमतिको सरकारका लागि गरिएको आह्‍वान तथा म्याद थपसम्बन्धी सम्पूर्ण कामकारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको थियो।

सांसद नभएको व्यक्तिको अध्यक्षतामा धारा ३८(१) बमोजिम सरकार गठनका लागि आइन्दा आह्वान नगराउनका लागि प्रतिषेधको आदेश जारी गर्न र अर्को निर्वाचन नभएसम्म यसै सरकारलाई निरन्तरता दिन तथा सर्वोच्च अदालतलगायत संवैधानिक अङ्गमा नियुक्तिका लागि पेस गरिएका अध्यादेश स्वीकृतिका लागि परमादेश जारी गर्न पनि माग गरिएको थियो। रासस
04 Jan 2013

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top