Latest

07:08 AM Lumbini on Photos

काठमाडौं, पुस २०- नेपाली सेनाको सुडानमा शान्ति स्थापना कार्यमा खटिएका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परेको नेपाली सेनाले पुष्टि गरेको छ। महासेनानी लामा छुट्टी मनाउने क्रममा बेलायत पुगेको बताइएको छ।नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले लामा पक्राउ परेको मौखिक र अनौपचारिक रुपमा जानकारी प्राप्त गरेको बताए।
सो विषयमा विस्तृत जानकारी दिन लन्डनस्थित नेपाली राजदूतावासमा कार्यरत सैनिक सहचारी विश्वनाथ घिमिरेलाई जङ्गी अड्डाले निर्देशन दिइसकेको प्रवक्ता शर्माले बताए। नेपालमा विगतमा भएको सशस्त्रद्वन्द्वको समयमा युद्धबन्दीलाई यातना दिएको अभियोगमा त्यहाँको प्रहरीले लामालाई बिहीबार पक्राउ गरेको बताएको छ।
बेलायतको फौजदारी कानुनमा युद्धबन्दीलाई यातना दिने व्यक्तिलाई प्रक्राउ गर्नसक्ने व्यवस्था छ। लामा पक्राउ गरेको विषयमा नेपाल सरकाले आजै पत्रकारसम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ। रासस
04 Jan 2013

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top